नुवाकोट दुप्चेश्वरमा बोलेरो गाडी दुर्घटना



नुवाकोट,फागुन ४ । जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ मा बोलेरो गाडी दुर्घटना भएको छ ।

डिजेल ढुवानीका क्रममा सडकबाट ५० मिटर तल खोचमा गाडी खसेको स्थानीय कुमार पण्डितले बताए । दुप्चेस्वर गाउँपालिकाको वडा नम्बर ३ कल्लेरी खोल्चामा बिहीबार राति सो गाडी दुर्घटनामा परेको खरानीटार प्रहरीले जनाएको छ ।

दुर्घटनामा ४ जना घाइते र १ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेलाइ उपचारार्थ काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्