यस्ता छन् मन्त्री परिषद्का निर्णय (सूचीसहित)



काठमाडौं,फागुन ५ । सरकारले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिएको छ ।

शुक्रवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेकी हुन ।

यस्ता छन् निर्णय

  • २०८० सालको क्यालेण्डर २ ओटा बिदा थप गरेर बिदा दिनेसम्बन्धी गृहको प्रस्तावलाई स्वीकृत गरिएको छ । थपिएका दुई बिदामध्ये पृथ्वी जयन्ती र जनयुद्ध दिवस रहेको छ । 
  • २०७९ फागुन १५ देखि १८ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकाकर परिषद्को ५२ औं सत्रमा परराष्ट्रमन्त्रीज्युको नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन जान स्वीकृत दिने ।
  • मोरङको साविक लेटाङ गाविस वडा नम्बर १ को ०४, १६ बिघा सार्वजनिक जग्गा ३० वर्षका लागि प्रहरी चौकी बुधवारे लेटाङलाई प्रयोग गर्न स्वीकृति दिने ।
  • तत्कालीन जिल्ला पञ्चायत सचिवालय, जिल्ला पशु सेवा शाखा कार्यालय, गोरखाका नाममा रहेको जिल्ला गोरखा साविक सिद्धिवास गाविस वडा नम्बर ८ को ४६२२ रोपनी जग्गा चुमनुम्बी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृति दिने ।
  • ललितपुर जिल्ला साविक लुभु वडा नम्बर ३ कको २/२ रोपनी सरकारी जग्गा लुभु प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणार्थ महालक्ष्मी नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने । 
  • काठमाडौं जिल्ला साविक थानकोट गाविस वडा नम्बर २ काके २३००० रोपनी सरकारी जग्गा चन्द्रागिरी नगरपालिकालाई १५ शय्याको आधारभुत अस्पताल निर्माण गर्न स्वीकृति दिने । 
  • नेपाल इन्जिनियरिङ परिषद् अध्यक्ष पदमा इन्जिनियर डा. पदमबहादुर शाहीलाई उपाध्यक्षमा इन्जिनियर डा. विकास अधिकारी र सदस्यमा इन्जिनियर डा. रेश्मा श्रेष्ठलाई मनोनयन गर्ने ।
  • २०७९ फागुन ११ देखि १२ सम्म स्वीटजरल्याण्डमा हुने ५ औं ग्लोवल मन्त्रीस्तरीय समिट अन प्यारेन सेफ्टी विशेष सम्मेलनमा भाग लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई जान स्वीकृति दिने ।

प्रतिक्रिया दिनुहोस्