राष्ट्रिय हितलाई तल पार्न खोजियो : अध्यक्ष ओली
काठमाडौं, फागुन ५। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई तल पार्न खोजिएको टिप्पणी गरेका छन्।
एमालेले आजदेखि सङ्गठन सुदृढीकरण तथा विस्तार गर्नका लागि सञ्चालन गरेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको पार्टी मुख्यालयबाट भर्चुअलरूपमा उद्घाटन गर्दै उनले स्वतन्त्र नेपाल आफैँ उभिन खोज्दा नदिने र मनोवल गिराउन खोजिएको तर्क गरे।
देशभक्त शक्तिलाई समाप्त पार्न र परिवर्तनकारी शक्तिलाई पराजित गर्न खोजिएको भन्दै उनले अब राष्ट्रिय राजनीति नयाँ उचाइमा जानेसमेत बताए । उनले न्यायको पक्षमा चल्न खोज्ने शक्तिलाई कमजोर बनाउन खोजिएको धारणा राखे।

