महाशिवरात्रीमा पशुपतिनाथ दर्शन गर्नेको भीड



काठमाडौं,फागुन ६ । आज शनिबार महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ । महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ ।

पशुपतिनाथ मन्दिरमा यतिबेला भक्तजनको भीड रहेको छ । आज बिहानैबाट भक्तजनहरु पशुपतिनाथको पूजा गर्नका लागि लामवद्ध भएर बसेका छन् । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुगेका भक्तजनहरुलाई व्यवस्थापनमा कुनै कमी नराखेको जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले स्वयंसेवक बाहेकलाई कडाइ गरिएका कारण दर्शनार्थीहरुको लाइन सहज रुपमा अघि बढिरहेको बताए । उनले अहिलेसम्म करिब डेढ लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गरिसकेको बताए ।

एक दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्न सहज भएको बताए । त्यस्तै अर्का दर्शनार्थीका अनुसार चारैतिरको बाटोको व्यवस्था भएपनि व्यवस्थापन सहज नदेखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्