भोलि देशभर सार्वजनिक बिदा
काठमाडौं,फागुन ८ । सरकारले भोलि अर्थात फागुन ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
शेर्पा समुदायको ग्याल्बो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । एक महिनासम्म मनाइने ल्होसारको भोली पहिलो दिन रहेको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ ।
सोही कारण भोलि सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्था समेत बन्द रहने छन् ।

