मिस र मिसेस नेशनल २०२३ प्रतियोगिताको आयोजना हुने
काठमाडौं,फागुन ९ । मिस र मिसेस नेशनल २०२३ प्रतियोगिताको आयोजना हुने भएको छ । युवालाई सक्षम बनाउन कराओके ईन्टरटेन्मेन्टले बिगतमा झै मिस नेशनल गर्ने तरखरमा पुरुष र बिबाहित महिलाले पनि प्रतिस्पर्धामा भाग लिने अनि रास्ट्रको बिकासमा टेवा दिने अभिरुचि राखेको पाईएकोले हालबाट मिस्टर, मिस र मिसेस नेशनल २०२३ प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
पत्रकारको प्रश्नको जवाफ दिने क्रममा कराओके ईन्टरटेन्मेन्टका संस्थापक अध्यक्ष खगेश रन्जितले युवा र बिबाहित महिलाहरूको लुकेको प्रतिभा प्रस्फुटन गरि राष्ट्रलाई विस्वमा चिनाउन यो प्रतियोगिता गर्न लगेको हो भनी प्रट्याए ।
संस्थाको प्रमुख सल्लाहकार पुर्व एस एस पि दिपक रन्जितले आफू रास्ट्र निर्माणमा लागेका ब्यक्तिहरुको सदा साथ रहेको बताए । पुर्व कुमारी तथा सङ्गीतकर्मी मिस नेशनल समिता बज्राचार्यको कोरियोग्राफिमा हुन लागेको यो प्रतियोगिताको तालिम कोरिएन बार्बेक्यु , भनिमन्डल ललितपुरमा गरि होटल यलो प्यागोडामा अन्तिम प्रतिस्पर्धा हुने कुरा समिता आफैले जानकारी दिए ।
कार्यक्रमलाई चुस्त दुरुस्त तथा धांडली रहित बनाउन नयाँ उपकरणको साथमा डिजिसफ्ट डेभलोपर्सले कराओके ईन्टरटेन्मेन्ट्को आई टि पार्ट्नरको रुपमा काम गरि रास्ट्रको युवालाई मदत पुर्याउन पाउँदा गर्व महसुस भएको भनेर डिजिसफ्ट डेभलोपर्सको म्यानेजर अश्मिता महर्जनले बताए ।

