नहरमा हाम फालेका तीनै जना मृत भेटिए
परासी,फागुन ९ । नवलपरासीको गण्डक नहरमा दुई छोरा लिएर हाम फालेकी आमासहित तीन जना मृत अवस्थामा भेटिएका छन् ।
नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरस्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारूले ९ वर्षिय छोरा क्रिश र ७ वर्षिय सुमितलाई लिएर हाम फालेकी थिईन् ।
घटनास्थलदेखि एक सय मिटर तल उनीहरू तीनै जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए ।
आमाले आफ्नो दायाँ बायाँ हातमा छोराहरूको हातलाई सलले बांधेर नहरमा हाम फालेका थिए । उनका श्रीमान वैदेशिक रोजगारमा गएका छन् ।

