नेपालको लिग-२ मा लगातार चौथो जित
काठमाडौं,फागुन ९ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल लगातार चौथो जित निकालेको छ।
सिरिजको अन्तिम खेलमा नेपालले मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लिग-२ को च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको जित निकाल्यो । लिग २ मा नेपालले लगातार चौथो खेलमा जित निकालेको यो पहिलो पटक हो।
२१३ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी रहँदै पूरा गर्यो। नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले ९५ रन हाने। नटआउट रहेका अर्का खेलाडी करण केसीले ३१ रन हाने। नेपालका दुवै ओपनर चल्ल सकेनन्। ओपनरद्वय कुशल भुर्तेल १ रन र आसिफ शेख १२ रनमा आउट भए। कुशल दोस्रो ओभर र आसिफ सातौं ओभरमा आउट भएका थिए।

