कांग्रेसको उम्मेदवार राष्ट्रपति हुनु राष्ट्र हितमा



काठमाडौं,फागुन १० । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कांग्रेसको उम्मेदवार राष्ट्रपति हुनु राष्ट्रिय हितको दृष्टिले अनिवार्य भएको बताए । उनले कांग्रेसको राष्ट्रपति भएमा सबैप्रकारका शक्तिहरुको संयोजन गर्न सक्ने बताएका हुन् ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद केसीले कांग्रेसको उम्मेदवार राष्ट्रपति हुनु राष्ट्रिय हितको दृष्टिले अनिवार्य भएको बताए । उनले कांग्रेसको राष्ट्रपति भएमा सबैप्रकारका शक्तिहरुको संयोजन हुनसक्ने बताए ।

उनले भने – ‘राष्ट्रिय सहमतिको दृष्टिकोणले अहिले विकसित भएको अन्तर्राष्ट्रिय घटनाक्रम र नेपाल जो द्वन्द्वात्मक भू–भागको रुपमा विकसित भइरहेको छ । अहिलेको आर्थिक दुरावस्था र अहिले देखिएका आर्थिक विकृतिहरु, त्यसलाई सम्पूर्ण रुपबाट एउटा राष्ट्रिय सहमतिको आधारमा निर्णायक बिन्दुमा पुग्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्