नुवाकोट पिपलटारमा मोटरसाईकल र्दुघटना हुँदा गेर्खुका प्याकुरेलको ज्यान गयो
नुवाकोट,फागुन १० । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा मोटरसाईकल र्दुघटना हुँदा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुका विष्णु प्याकुरेल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पिपलटारबाट बट्टारतर्फ जादै गरेको बा.प्र.०२–०२२ प २७७२ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई सडक छेउको कलबोटमा ठोक्किँदा प्याकुरेल गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ ।

