नुवाकोट थानापति दामचन्द्रमाला मन्दिरको उद्घाटन सम्पन्न
नुवाकोट,फागुन १२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको थानापती दामचन्द्रमाला मन्दिर उद्घाटन गरिएको छ । सो क्षेत्रमा रहेको प्रमुख मन्दिरका रुपमा परिचित थानापति मन्दिरको नवनिर्मित परिसर उद्घाटन गरिएको हो ।
मन्दिरको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मन्दिरको उद्घाटन गरिएको हो । मन्दिर उद्घाटनसंगै श्रीमद्भागवत महापुराण सप्ताह समेत शुभारम्भ गरिएको छ ।
लिच्छवीकालिन इतिहाँस बोकेको यस मन्दिरमा धान्यपुर्णिमाको अघिल्लो रात भव्य मेला लाग्ने गर्दछ ।

यस्तो छ थानापति मन्दिरको ऐतिहासिक किम्बदन्ति
शिवपुरी गाँउपालीका ८ थानापतिमा रहेको मन्दिरको पौराणीक र एतिहाँसीक महत्वसंगै ठाँउको नाम थानापति राखिएको बताइन्छ । हजारौं बर्ष अगाडी हालको शिवपुरी गाउँपालीका ८ थानापति भित्र रहेको छहरे खोला र बोहरे खोलको बिचमा पर्ने स्थानहरुमा थपलियाहरुको बस्ती रहेको र उक्त स्थानमा रहेको बिर्ता जग्गाहरु राजाले हरण गरेपछि थानापतिले आफुहरु माथी अन्याय भएको भन्दै आत्मदाह गरेको किंबदन्तीमा उल्लेख छ ।
बिर्ता जग्गा हरण भएपछि सबैतिर हार गुहार गर्दा समेत उक्त जग्गा पाउन नसकेपछि एकल महिला थानापती आमाले आफु सहित कान्छो छोरासंगै जलेर आत्मदाह गरेको बताइन्छ । तीन वटा छोराकी आमा थानापतिले एउटा छोरालाई पाटीभञ्जयाङ र अर्को छोरालाई सामरीभञ्ज्याङ नपुगी नहेर भनेर पठाएपनि आधाबाटो नपुग्दै दुवै छोराले आफनो घर तर्फ फर्किएर हेर्दामा आगाको मुस्लो देखेपछि हतार हतार घर फर्किदा आमा र भाई जलेर खरानी भएको देखेका थिए । थानापतिले आत्मदाह गरेपछि सो आगोको मुस्लो दरबार सम्म पुगेको तथा राजाले जे खान खोज्यो किरा र फोहर देख्न थालेपछि आफना सेनालाई बुझ्न पठाँउदा बिर्ताहरेकोमा आत्महत्या गरेको थाहा पाएपछि थानापतिले आत्मदाह गरेको स्थानको जग्गालाई बिर्ताकै रुपमा राख्न आदेश दिएका थिए । तात्कालीन राजाको आदेश पछि सार्वजनीक बिर्ताको रुपमा रहेको उक्त जग्गामा थानापतिको नाममा मन्दीर निर्माण गरीको थियो ।
थानापतिको नाममा निर्माण गरिएको उक्त मन्दीर हाल पुरातत्व बिभाग मार्फत २ करोडको लागतमा पुनर्निमाणको सम्पन्न भएको छ । थानापतिले आत्मदाह गरेको कुरालाई पुष्टी हुने खालका जलेका काठका गोलहरु समेत मन्दिर भित्र देखिन्छ । अन्यायका बिरुद्ध आत्मदाह गर्ने थानापतिको मन्दिरको पुजा र प्रसाद नलगाई थानापतिका धेरै थपलियापरिवारहरुले दशैंको टिका समेत लगाँउदैनन् । थानापतिले छहरे र बोहरे खोला भित्र बसोबास गर्नेहरुलाई सधैं रक्षा गर्नेछन भन्ने जनविश्वासका कारण त्यस भित्र बसोबास गर्ने सवै जाती र व्यक्तिहरुले थानापतिलाई मान्दै आएर धान्य पुर्णिमाको दिनमा बत्ती समेत बाल्ने गरेका छन्।

