राष्ट्रपति नेपाली कांग्रेसलाई दिन माओवादीसहितका दलहरु सहमत



काठमाडौं,फागुन १३। नेपाली काँग्रेसका तर्फबाट राष्ट्रपति बन्ने  सहमति भएको छ ।

 बालुवाटारमा बसेको आठ ओटा दलको बैठकमा नेपाली कांग्रेसलाई राष्ट्रपति  दिने सहमति जुटेको स्रोतले बताएको छ । यसैवीच नेपाली काँग्रेसका नेता पुर्ण बहादुर खड्काले पनि साँझ ६ बजे साँझ प्रधानमन्त्री निवास  बालुवाटारमा बसेको दलहरुको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेस पार्टीको उम्मेदवारलाई समर्थन गर्ने सर्बसम्मतिले निर्णय गरेकाे बताएका छन् ।

स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी(जसपा) र एकीकृत समाजवादीका नेताहरु सहित विभिन्न दलका प्रतिनिधिहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको बताइएको छ ।  जसअनुसार राष्ट्रपतिमा आठ ओटा दलको तर्फबाट संयुक्त रुपमा नेपाली कांग्रेसका उमेद्वारले उम्मेदवारी दिने छन् ।

नेपाली काँग्रेसको तर्फबाट भावी राष्ट्रपतिमा रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम चर्चामा रहेको छ । विभिन्न दलहरुले राष्ट्रपतिमा सहमति दिएपछि प्रतिनिधिसभामा ठूलो दल भएर पनि प्रतिपक्षमा रहेको नेपाली कांग्रेस फेरि शक्तिमा फर्किएको छ ।

निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते  सकिँदैछ। संविधानअनुसार नेपालको राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रहन्छन्।

प्रतिक्रिया दिनुहोस्