राष्ट्रपतिमा उत्साहपुर्वक सुवास नेम्वाङको उम्मेदवारी दर्ता



काठमाडौं,फागुन १३ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । शनिबार नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू पनिसँगै बानेश्वर पुगेका थिए । एमालेको शनिबार नै बसेको सचिवालयको बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उम्मेदवार तय गरेसँगै एमालेले राष्ट्रपतिको निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ । शुक्रबार साँझ मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा माओवादी केन्द्रसहित ८ दलले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्