बागमती प्रदेश सरकारबाट बाहिरिएको राप्रपाको घोषणा
काठमाडौं,फागुन १३ । राप्रपाले बागमती प्रदेश सरकारबाट बाहिरीएको घोषणा गरेको छ ।
शनिबार साझ बसेको प्रदेश सभाको विशेष समयमा बोल्दै राप्रपाका संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारबाट राजीनामा दिने घोषणा गरेका हुन् । उनले आजै राजीनामा पत्र मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष बुझाउने बताएका छन् ।
प्रदेशको खानेपानी उर्जा तथा सिंचाई मन्त्री समेत रहेका थापा, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु बिष्टले मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने भएका हुन् ।
केन्द्रको निर्देशन अनुसार प्रदेशका मन्त्रीहरुले राजीनामा दिने भएको हुन् । बागमतीमा ११० प्रदेश सभा सदस्यमध्ये राप्रपाका १३ प्रदेश सांसद रहेका छन् ।

