राष्ट्रिय सभाको बैठक बस्दै



काठमाडौं,फागुन १४ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सम्भावित तीन कार्यसूची छन् ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

राप्रपा सरकारबाट बाहिरिएपछि सो पार्टीका नेताहरुले सम्हालेका मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले सम्हालेका छन् । सोही जानकारी राष्ट्रिय सभालाई जानकारी गराउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्