ललितपुरका १० सहकारी खारेज: ‘तिर्नु बुझाउनु पर्ने दायित्व भए सञ्चालक भेटी आँफै फरफारक गर्नु’



काठमाडौं,फागुन १५ । ललितपुर महानगरपालिकाले विभिन्न १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको  जनाएको छ ।महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगरेको तथा  विवरण पनि नबुझाएको भन्दै ती सहकारी संस्था खारेज गरिएको जनाएको छ । ।

महानगरपालिकाले गत असारमा सूचना निकाल्दै सञ्चालकलाई सम्पर्कमा आउन भनेकव थियो । सो सूचना अनुसार सम्पर्कमा नआएका सहकारीहरुसंस्थाहरु खारेज गर्ने निर्णय गरेक महानगरको सुचनामा उल्लेख छ।

खारेज भएका १० वटा सहकारी संस्थाहरुले तिर्नु बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाण सहित साविकका सञ्चालक समितिका पदाधिकारीहरुसँग सम्पर्क गरी फरफारक गर्न पनि महानगरले सूचनामा भनेको छ ।

प्रतिक्रिया दिनुहोस्