देश आर्थिक र भूराजनीतिक दृष्टिबाट चेपुवामा गर्यो: अध्यक्ष राजेन्द्र लिङ्देन



काठमाडौं,फागुन १५। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश आर्थिक र भूराजनीतिक दृष्टिबाट चेपुवामा परेको बताएका छन् ।

अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएका लिङ्देनले सामाजिक संजाल मार्फत यस्तो बताएका हुन । लिङ्देनले देश बनाउन सकिने र बन्ने समेत दाबी गरे। कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको उनले उल्लेख गरेका छन्।

उनले फेसबुकमा, ‘कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ । देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ । नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक रहेछ । देश बनाउन नसकिने र नबन्ने रहेनछ । बनाउन सकिन्छ र बन्छ ।’

प्रतिक्रिया दिनुहोस्