नुवाकोटको बेलकोटगढिमा पुडासैनीको घर जलेर नस्ट
नुवाकोट,फागुन १६ । जिल्लाको बेलकोटगढि नगरपालिका वडा नम्बर-८ पाचखलेमा घर जलेर नष्ट भएको छ ।
स्थानीय बिश्वनाथ पुडासैनीको घरमा आगजनी भैइ घर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा घर भित्र भएको सबै सामान समेत जलेर नष्ट भएको बताइएको छ ।
आगलागी पश्चात् बिदुर नगरपालिकाको दमकल र स्थानिय को सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । आगलागीमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

