एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्रलाई नै मत दिने



काठमाडौं,फागुन १७ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने औपचारीक निर्णय गरेको छ ।

आज बसेको पार्टीको ५१ औं केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा पौडेललाई मत दिने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । 

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्