ममाथि सबैले भरोसा राखेका छन् : रामचन्द्र पौडेल



काठमाडौं,फागुन १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारको रुपमा आफूमाथि सबैले भरोसा राखेको बताएका छन् ।

बिहीबार आठ दलको तर्फबाट राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरी सांसदहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सबैको माया पाएको बताए ।

उनले सबै सांसदहरु आफ्नो उम्मेदवारीप्रति सकारात्मक रहेको पनि बताए । वरिष्ठ नेता पौडेलले सांसदहरुले आफुले संविधानको संरक्षण गर्ने कुरामा भरोसा मानेका पनि उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्