गायक माधब भण्डारीको गीत ‘मालती’ सार्वजनिक (भिडियो)



काठमाडौं,फागुन १९ । चर्चित गायक माधब भण्डारीको गीत ‘मालती’ सार्वजनिक भएको छ । गायक भण्डारी र गायिका रुपी सिंजाली मगरको स्वर रहेको गीत मालती शुक्रबार सार्वजनिक भएको हो ।

गीतको लय, शब्द र एरेन्ज गायक स्वयं भण्डारीको रहेको छ भने मिक्सिङ डिका गुरुङले गरेका छन् । गीतमा शुक्र लामा र सीता तामाङको अभिनय देख्न पाइन्छ ।

छायांकन मरुभूमि नारायण, सम्पादन रोशन धितालको रहेको यस गीतमा माया पिरतीका सम्भावना बारे गीती अनुवाद गरिएको छ ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्