रेस्टुरेन्टको ६ तलाबाट खसेर माधव नेपालका भाइ सरोजको निधन
काठमाडौं,फागुन २० । रेस्टुरेन्टको ६ तलाबाट खसेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भाइ सरोज उपाध्यायको निधन भएको छ। एकीकृत समाजवादीका नेता समेत रहनुभएका उपाध्याय शंखमुलस्थित रेष्टुरेन्टको ६ तलाबाट खसेर ज्यन गएको प्रहरीले जनाएको छ ।
एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उपाध्यायलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो ।
त्यहाँबाट अन्नपूर्ण अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको कार्कीले बताएका छन् ।

