नुवाकोट पञ्चकन्यामा माओवादी जनयुद्धका सहिदका शालिक अनावरण
नुवाकोट,फागुन २० । जिल्लाको पञ्चकन्या गाउँपालिकामा जनयुद्ध ताकाका माओवादीका सहिदको शालिक अनावरण गरिएको छ ।
गाउँ पालिकाद्वारा घ्याङस्वारामा आयोजित माओवादी सहिदको शालिक अनावरणमा जनयुद्धका क्रममा मृत्यु भएका माओवादी तर्फका १३ जनाको अर्ध कदको सालिक अनावरण गरिएको हो ।
जनयुद्धमा गाउँपालिकाका विभिन्न क्षेत्रका १३ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउँनेमा पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका धेरै छन् । ज्यान गुमाउँनेमा १ नम्बर वडाका सुमन तामाङ, मधुकर राई, रामकृष्ण राई, २ नम्बरका श्रीकृष्ण राई र रामशरण नेपाली, वडा नम्बर ३ का इश्वर थापा,वडा नम्बर ४ का समुन्द्र ठकुरी र वडा नम्बर ५ का केशवराज पाण्डे, गौरी सिटौला, शिवशरण भारती, सुनिल तामाङ, रामप्रसाद पाण्डे र पुरुषोत्तम खतिवडाको शालिक अनावरण गरिएको हो ।
शालिक अनावरण कार्यक्रममा प्रमुख आतिथ्यता संघीय सांसद हितबहादुर तामाङको रहेको थियोे । त्यस्तै कार्यक्रममा माओवादी केन्द्रकै नेतृ राधिका तामाङ, ज़िल्ला समन्वय प्रमुख रजिन्द्र बिक्रम ठकुरी, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर थापा लगायतको उपस्थिति रहेको थियोे ।

