एमालेले फकाउन नसकेको नागरिक उन्मुक्तिलाई कांग्रेसले फकायो, यस्तो रहेछ रहस्य
काठमाडौं,फागुन २१ । सुदुरपश्चिम सरकार निर्माणका लागि एमालेले पकाउन नसकेको नागरिक उन्मुक्ति पार्टीले कौंग्रसले भने फकाएको छ । अब नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको हो ।
नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहले प्रदेशसभाको केहीबेरमा बस्ने बैठकमा विश्वासको मत माग्दैछन् । त्यसअघि बसेको नागरिक उन्मुक्तिको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो । शाहलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ ।
यस अघि एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावललाई नागरिक उनमुक्तिले विश्वासको मत नदिदा ढलेको थियो ।

