हर्षोल्लासका साथ मनाईदैं ‘होली पर्व’



काठमाडौं,फागुन २२ । आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा मनाईन्छ । त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरुमा वसन्त ऋतुका अनेक रङलाई प्रतिविम्बित गर्ने पर्वका रुपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

फागु अर्थात् होलीको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावकासाथ विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्