ओखलढुंगामा वृद्धा दम्पती रुखमा झुन्डिएको अवस्थामा भेटियो
ओखलढुंगा, फागुन २२ । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव भेटिएको छ ।
जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले दिएको जानकारी अनुसार सो घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।

