नुवाकोटको थानाभञ्ज्याङ् नजिकैको भीरबाट खस्दा युवकको ज्यान गयो



नुवाकोट,फागुन २३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ थानाभञ्ज्याङ् नजिकैको भीरबाट खस्दा एक युवकको ज्यान गएको छ ।

सोमबार फागु पर्व मनाउन छहरे आएका शिवपुरी गाउँपालिका वडा नम्बर ८ का वर्ष २४ का मनोज तामाङको भीरबाट खसेर मृत्यु भएको गुर्जेस्थित अस्थायी पोस्टका प्रहरीले जनाएको छ । यद्यपि घटनाको अनुसन्धान भने भैरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

फागु पर्व मनाउन ४ जना युवक, २ जना युवती नुवाकोट आएका र राति पौने १२ बजे युवक भीरबाट खसेको भन्दै उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए ।

मृतक युवकको शव थानाभञ्ज्याङ् नजिकैको छरछरे भीरबाट २५० मिटर तल भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्