राप्रपा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय



काठमाडौं,फागुन २४ । राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भोलि हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको गरेको हो । राप्रपा केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा भोट हाल्न नहुने मत बलियो भएपछि यो निर्णय आएको हो । राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम छ ।

राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्