चर्चित गायिका कँडेल ‘राष्ट्रिय नारी सम्मान-२०७९’ बाट सम्मानीत



काठमाडौं,फागु्न २४। चर्चित गायिका रितु कँडेल ‘राष्ट्रिय नारी सम्मान-२०७९’बाट सम्मानीत भएकी छिन् । गायिका कडेल चन्द्रलोक प्रतिष्ठानद्वारा ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्मानित भएकी हुन् ।

पविभिन्न क्षेत्रमा योगदान पुर्याएबापत महिलाहरुलाई सम्मान गर्ने क्रममा प्रतिष्ठानले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘राष्ट्रिय नारी सम्मान’ प्रदान गरेको हो । सम्मानीत हुनेहरुमा चर्चित गायिका रितु कँडेललगायत रहेका छन् । उनीहरुलाई राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले सम्मान प्रदान गरेकी थिइन् ।

‘राष्ट्रिय नारी सम्मान–२०७९’बाट सम्मानीत भएपछि गायिका रितुले भनिन्, ‘राष्ट्रिय नारी सम्मानबाट सम्मानित हुन पाउँदा निकै खूसी महशुस भइरहेको छ ।’ उनले आफ्नो कलाको उच्च मूल्याँकन गर्दै सम्मान प्रदान गरेकामा आयोजक संस्था चन्द्रलोक प्रतिष्ठानलाई धन्यवाद प्रदान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्