राष्ट्रपति चयनका लागि मतदान हुँदै, मत परिणाम आजै आउने



काठमाडौं,फागुन २४ । तेस्रो राष्ट्रपति चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तय गरेको छ ।

राष्ट्रपति चयनका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरुले मतदान गर्ने छन् । उनीहरुलाई छुट्टा छुट्टै स्थानमा मतदानको ब्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको हलमा मतगणना सुरू गर्ने र बिहीबार नै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने मूख्य निर्वाचन अधिकृत महेश शर्माले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्