आरआर क्याम्पसमा अनेरास्ववियूका अध्यक्ष पराजुलीको टोलिले चलायो खुकुरी



काठमाडौं,फागुन २७ । रत्न राज्य लक्ष्मी क्याम्पस प्रदर्शन मार्ग काठमाडौंमा खुकुरी प्रहार भएको छ । मनोनयन दर्ता दिन समाजबादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियृका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा आएको टोलिले बिध्यार्थी माथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहार पछि भिड नियन्त्रण गर्न प्रहरी क्याम्पस भित्र प्रवेश गरेको थियो । समय सिमा भन्दा पछि भर्ना गरेको भन्दै अध्यक्ष पराजुलीको टोलिले क्याम्पस भित्र प्रवेश गरि आक्रमण गरेको हो । क्याम्पस भन्दा बाहिरका गुन्डा बोकेर निर्वाचन अधिकृत माथि नै झडप गरेको जनाएको छ ।

उक्त आक्रमण बाट अनेरास्ववियु नेता अनिल बोहरा र राज न्यौपाने घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्