सुस्मिता दवाडी बनिन गोरखा क्याम्पसको स्ववियु कोषाध्यक्ष



काठमाडौं,फागुन २९ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन यहि चैत ५ गते हुन गइरहेको छ । तर गोरखाको एक आंगित क्याम्पस गोरखा क्याम्पसमा भने नेतृत्व चयन भइ सकेको छ ।

स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार बिष्णु पाण्डे निर्वाचित भएका छन् । सचिवमा परशुराम भट्ट र कोषाध्यक्षमा सुस्मिता दवाडी निर्वाचित भएका छन् । कोषाध्यक्ष दवाडी सबैंको लोकप्रिय, स्पष्ट वक्ता, कुशल नेतृत्वकर्ता रुपमा चिनिदैं आएकी छन् । उनी निर्वाचित भएपछि विद्यार्थीहरु समेत अबको विद्यार्थी आन्दोलनलाई लिएर उत्साह छाएको छ ।

यस्तै प्रत्यक्षतर्फको पाँच सदस्यमा सबिना गुरुङ, नारायण भट्ट, बिनय गुरुङ, पुजा खड्का र राजाराम बोहोरा विजयी भएका छन् । समानुपातीक तर्फ सात सदस्यमा सिम्रन गुरुङ, रचन परियार, पुष्पा गुरुङ, बिनिता मग्राती, अनुप तिवारी, रचना बसेल, बिक्रम तामाङ निर्वाचित भएका छन् ।

शुक्रवार (फागुन २६ गते) गोरखा सदरमुकाममा बसेको चार विद्यार्थी संगठन र संम्वद्ध दलका नेताहरुको बैठकले सभापति र कोषाध्यक्ष सहित तीन सदस्य अखिल क्रान्तिकारीले लिने, सचिव, सह सचिव सहित तीन सदस्य नेविसंघले, उपसभापति सहित दुई सदस्य अनेरास्वीयुले लिने र नेपाल समाजवादी विद्यार्थी युनियनले दुई सदस्य लिने सहमती भएको थियो । सोही अनुसार विद्यार्थी संगठनले गोरखा क्याम्पसमा उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्