बैंकिङ कसूर मुद्दाका फरार बिनोद लामा पक्राउ



काठमाडौं,फागुन ३० । बैंकिङ कसूर मुद्दाका फरार बिनोद लामा पक्राउ परेका छन् ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक लिसंखु गाउँपालिका ४ मिजारटोल घर भई भक्तपुर सूर्यविनायक नगरपालिका ६ बस्ने ३२ वर्षीय बिनोद लामालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७८ पुस २२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्