जापानको स्वागत समारोहमा उपराष्ट्रपति पुन सहभागी



काठमाडौं,चैत १ । उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट नारुहित्तोको ६३ औं शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार आयोजना गरेको स्वागत समारोहमा उपस्थित भएका छन् ।    

सो अवसरमा नेपाल र जापानबीच लामो समयदेखि सुमधुर सम्बन्ध रहँदै आएको र नेपालको विकास प्रयासमा जापान सरकारको सहयोग उल्लेख गरिएको छ ।

समारोहमा राजदूत किकुताले जापान र नेपालबीच लामो समयदेखि घनिष्ट एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा जापान सरकारले सहयोग पुर्याउदै आएको र आगामी दिनमा सहयोग आदानप्रदान निरन्तर रहने बताए ।

समारोहमा राष्ट्रिय सभाका उपाध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्रिगण, सांसद, नेपाल सरकारका विशिष्ट पदाधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको बताइएको छ ।     

प्रतिक्रिया दिनुहोस्