राष्ट्रपति पौडेलद्वारा चियापान समारोहको आयोजना
काठमाडौं,चैत ३ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद र सातै प्रदेशसभा सदस्यको सम्मानमा भोलि शनिबार बिहान ९ बजे राष्ट्रपति भवनमा चियापान समारोहको आयोजना गरिने भएको छ ।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरिएको श्रोतले जनाएको छ ।
फागुन २९ बाट राष्ट्रपति पदको पदभार सम्हालेको राष्ट्रपति पौडेलले उपराष्ट्रपतिको निर्वाचनमा सबै सांसद काठमाडौं आइपुगेको अवसरमा कार्यक्रमको आयोजना गरिएको बुझिएको छ ।

