सांसदको सम्मानमा राष्ट्रपतिद्वारा आयोजित चियापान
काठमाडौं,चैत ४ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् र सातै प्रदेश सभा सदस्यको सम्मानमा शनिबार बिहान ९ बजे राष्ट्रपति भवनमा चियापान समारोहको आयोजना गरेका थिए ।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियोे ।
फागुन २९ बाट राष्ट्रपति पदको पदभार सम्हाल्नु भएका राष्ट्रपति पौडेलले उपराष्ट्रपतिको निर्वाचनमा सबै सांसद काठमाडौँ आइपुग्नु भएको सन्दर्भ पारेर चियापान कार्यक्रमको आयोजना गर्नुभएको थियो ।

