कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने



काठमाडौं,चैत ४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान गरिएको जानकारी दिए । 

बैठक बिहान १०ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बस्ने मुख्यसचिव पौडेलले बताए । 

प्रतिक्रिया दिनुहोस्