पुनः स्थगित भयो राप्ती बबई क्याम्पसको निर्वाचन
दाङ,चैत ७ । दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पुनः स्थगित भएको छ । अर्को सूचना जारी नहुँदासम्मका लागि निर्वाचन स्थगित गरिएको हो ।
आइतबार निर्धारित मितिअनुसार मतदान भइरहेकोमा एउटै व्यक्तिसँग धेरै परिचयपत्र भेटिएपछि अनेरास्ववियुले विरोध जनाएको थियो। त्यसपछिसो करिब २ बजेदेखि मतदान कार्य अवरुद्ध भएको थियो ।
निर्देशिकाअनुसार स्थगित भएको क्याम्पसमा ५ चैतबाट ३० दिनभित्र निर्वाचन गराउनुपर्ने हुन्छ । सोही अनुसार अर्को मिति तय हुन सक्ने अनुमान गरिएको छ ।

