अनिश्चित बन्यो डेढ दर्जन बढी क्याम्पसमा स्ववियु निर्वाचन



काठमाडौं,चैत ११ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका डेढ दर्जन बढी आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अनिश्चित भएको छ।

विद्यार्थी संगठनबीचको विवादका कारण यस्ताे अवस्था सिर्जना भएकाे हाे । त्रिविले आफू अन्तर्गतका सम्पूर्ण आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा यहि चैत ५ गतेसम्म निर्वाचन गरिसक्न निर्देशन दिएको थियो। विश्वविद्यालय अन्तर्गत ६२ वटा आंगिक र १ हजार भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्।

४४ वटा आंगिक र सम्बन्धन प्राप्त मध्ये अधिकांश क्याम्पसमा निर्वाचन सम्पन्न भइसकेको छ। स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकामा पहिलो पटक निर्वाचन तोकिएको मितिले एक महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्थाछ। यसकारण हाल निर्वाचन स्थगित भएका क्याम्पसमा आगामी वैशाख ५ भित्र निर्वाचन गर्नैपर्छ।

प्रतिक्रिया दिनुहोस्