नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गरिन्छ : प्रधानमन्त्री



काठमाडौं,चैत ११ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने बताएका छन् ।

आज शनिबार विश्व नेवार दिवसको अवसर पारेर काठमाडौंको बसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेवार समूदायका लागि खोलिने सो प्रतिष्ठान सिंगो नेपालकै लागि हुने पनि स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउने काम पनि आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला गरेको स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्