एमाले सधैं स्वाधीनताको पक्षमा छ: उपमहासविच गुरुङ



काठमाडौं,चैत ११ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले समाजवाद निर्माणका लागि दलाल पुँजीवादलाई परास्त गर्न आवश्यक रहेको बताएका छन् । एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत शनिबार प्रेस चौतारी नेपालको बागमती प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसिएट प्रदेशले भक्तपुरमा आयोजना गरेको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचार बिभाग प्रमुख समेत रहेका गुरुङले नेपालमा दलाल पुँजीवाद हावी हुदाँ समाजवाद अर्थतन्त्र निर्माणमा चुनौती आएको बताए । अब, समाजवादी अर्थतन्त्र निर्माण गर्न अनिवार्य रुपमा दलाल पुँजीवादलाई परास्त पार्नुपर्ने उनको भनाइ छ । त्यसका लागि पुर्व तयारीको रुपमा राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने उनले बताए ।

यस्तै, उनले समाजवादका लागि स्वदेशी उत्पादन बढाउनुपर्ने पनि उनको भनाइ छ । त्यसका लागि स्वदेशी स्रोत र साधानको उपभोग गरि उत्पादन बढाउनुपर्ने उनले बताए । समग्रमा समाजवाद निर्माणको लागि उत्पादन जोड दिदैं राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने उनको भनाइ छ । एमाले पार्टी पनि यसकै बाटोमा रहेको उननले बताए ।

यस्तै, एमालेको लक्ष्य दक्षिणपन्थी अवसरवादीलाई परास्त पार्ने रहेको बताए । साच्चै नै एमालले स्वाधिनताको पक्षमा रहेको उनको भनाइ छ । यस्तै, एमालेले माक्र्सको रुढीवादी विचार र सिद्धान्तलाई छोडेर सृजनात्मक कुरालाई अनुशरण गर्दै आएको पनि बताए । एमालले कम्युनिष्ट पार्टीका रुढीवादी परम्परालाई छोडेर माक्र्सको सृजनात्मक कुरालाई अनुशरण गर्दै बहुदलीय जनवादी क्रान्ति गर्ने गरि अघि बढेको उनले बताए ।

सोही अनुसार जनताको बहुदलीय जनवाद (जबज)लाई एमालले अनुसरण गरेको उनको भनाइ छ । त्यो अवस्थामा जवजलाई जनताको बीचमा लगेर मसिनोगरी बुझाउनुपर्ने उनको भनाइ छ । साथै, जनताको अधिकार, मौलिक हकलाई ग्यारेन्टी गर्न जवज नै उचित विकल्प रहेको उनले बताए । त्योअनुसार जनताको अधिकार र मौलिकबार बोल्ने पार्टी एमालले भएको उनको भनाइ छ । यस्तै, उनले संगठन शक्तिको मुख्य स्रोत विचार भएको बताउँदै कस्तो विचार र त्यसको उद्देश्य के हो भनेर आफू स्पष्ट हुनुपर्ने बताए । साथै, यसबारे अरुलाई पनि स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्