बर्दियामा सवारी दुर्घटनामा परी एक जनाकाे मृत्यु
बर्दिया,चैत १७। बर्दियामा सवारीदुर्घटनामा परी एक जनाको ज्यान गएको छ।
पुर्वबाट पश्चिमतर्फ आइरहेको भे१ख२२५४ नम्बरको बस र विपरित दिशाबाट आइरहेको भे४प५६४७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ सुन्दरपुरकी २६ वर्षीया सरिता थारुको ज्यान गएको प्रहरीले जनाएको छ।
गुलरिया– राजापुर हुलाकी सडकखण्ड अन्तरगत मधुवननगर पालिका वडा नम्बर ५ मा पर्ने ८ नम्बर गाँउको चोक नजिक बस र मोटर साइकल एकआपसमा ठोकिएको थियोे ।

