आर्थिक समस्या समाधानका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने छ : अर्थमन्त्री महत



काठमाडौं,चैत १७ । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लागेर समाधान गर्ने बताएका छन् ।

शुक्रबार पद तथा गोपनियताको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्र समस्यामा रहेको भन्दै सम्पूर्ण राज्य संयन्त्र लागेर सुधार गर्ने बताएका हुन् ।

उनले मुलुकको अर्थतन्त्र विभिन्न असरको कारण संकटमा रहेको भन्दै समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे । उनले सरकारको साधारण खर्च कटौति गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्