गौबध मुद्वाका फरार अभियुत्त काले समातिए
गोरखा,चैत १७ । गौबध मुद्वाका फरार अभियुत्तलाई गोरखा प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–७ बालुवा बस्ने २७ बर्षका ठुलो काले सार्की भएको प्रहरीले पुष्टी गरेको हो ।
उक्त मुद्वामा गोरखा जिल्ला अदालतले १ बर्ष कैद सजाय हुने फैसला भए लगत्तै फरार भएका सार्कीलाई प्रहरी चौकी घ्याम्पेशालबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
बिहीबार पक्राउ परेका उनलाई सोही दिन गोरखा जिल्ला अदालत पेश गरेको र कैद भुक्तानका लागि अदालतले कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

