नुवाकोटको बेतिनी दुर्घटना: ज्यान गुमाउनेको संख्या तीन पुग्यो



नुवाकोट,चैत १८ । जिल्लाको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ ।

घटनास्थलमा दुईजना र उपचारको क्रममा गएराति थप एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनको अनुसार ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको ज्यान गएको हो ।

घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको ज्यान गएको थियो । दुर्घटनामा परेर घाइते भएका १० जनाको काठमाण्डौमा उपचार भइरहेको छ । कच्ची सडक र नयाँ चालकको कारण दुर्घटना भएको आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्