रामेछापमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते



काठमाडौं,चैत १९ । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा शनिबार साँझ बलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

बा १६ च ३८२५ नम्बरको जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौं जाँदै गर्दा राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट) मा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्