राष्ट्रपति पौडेल अस्वस्थ्य : त्रिवि शिक्षण अस्पतालमा भर्ना
काठमाडौं,चैत १९ । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भई अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।
उनको चिकित्सकको निगरानीमा उपचार भैरहेको अस्पतालले जनाएको छ । छाती तथा पेटको समस्यारुबाट ग्रस्त भएपछि अस्पतालमा भर्ना गरिएको हो । राष्ट्रपति पौडेल सघन चिकित्सकीय निगरानीमा छन् । उनको पेट फुल्ने तथा छातीमा पानी भरिएको र बढी असहज महसुस हुन थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।
शुक्रबार नयाँ मन्त्रीहरूलाई सपथ दिलाउनुपूर्व नै उनको असहजता महसुस गरेका थिए । तत्काल चिकित्सकद्वारा जाँच र आवश्यक इन्जेक्सन लिएको २ घण्टामा उनी शपथ ग्रहण गराउन उपस्थित भएका थिए ।
त्यसको एक दिनअघि गरिएको रक्त परीक्षणपछि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना हुनुपर्ने सुझाव डाक्टरले दिएका थिए । उनलाई टिचिङ अस्पतालको भिभिआइपी कक्ष ६०१ मा राखिएको छ ।

