नुवाकोट यातायात व्यवसायीद्वारा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने निर्णय
नुवाकोट,चैत १९ । जिल्लाका यातायात व्यवसायीले विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।
जिल्लामा अध्ययनरत विद्यार्थीलाई यातायात ब्यवसायीले भाडामा ४५% छुट गराएको हो ।
प्रमुख जिल्ला अधिकारि र जिल्ला ट्राफिक कार्यलयको रोहबरमा आइतबार यातायात व्यवसायी र विद्यार्थी संगठनबीच विद्यार्थी परिचयपत्रको आधारमा ४५% भाडा छुट गर्ने निर्णय गरेको हो ।
यस निर्णयमा जिल्लामा संचालित विभिन्न यातायात ब्यवसायीले छुट दिने भनी हस्ताक्षर गरेका छन् ।

