बैतडीमा जीप दुर्घटना, १ जनाको मृत्यु
काठमाडौं,चैत २० । बैतडीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्लाको पञ्चेश्वर गाउँपालिका ५ को तिलकपुरस्थित भिटामा गणमेश्वरबाट देहिमाण्डौंतर्फ गइरहेको से १ ज २९५ नं को जीप दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्ट रहेका छन् । अन्य ११ जना घाइते भएका छन् ।

