रवि लामिछानेले चितवन–२ दिए उम्मेदवारी
काठमाडौं,चैत २० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
सोमबार (चैत २० गते) बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर लामिछानेले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा सीता ज्ञवाली रहेकी छन् ।

